काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Wednesday, August 15, 2007

जागीर खुस्काउने वेबसाइट

वेबसाइट हेर्न प्रतिबन्धित तुल्याएका केही घटना त नेपालमा घटेकै हुन् तर आफूले जागीर खाने अफिसको 'बोस'को आलोचना गर्दै वेबसाइटमा अनेक थोक लेख्ने जागीरेको जागीर चट हुन पुगेको छ । २० वर्षीय टम बीच आर्गोस कम्पनीमा काम गर्थे । उनलाई केही दिनयता काम गर्ने जाँगर चलिरहेको थिएन । जागीरबाट दिक्क लागेको एक दिन उनले फेसबुक वेबसाइट खोले र त्यहाँ लेखे- "म आर्गोस्मा काम गर्छु । अब म त्यहाँको जागीर एक रत्ति पनि सहन सक्तिन किनभने यो साँच्चिकै 'पाजी' अफिस छ ।"यसपछि रोचक के भयो भने त्यो म्यासेज राखिएको आधा घण्टामा नै उनका बोसले म्यासेज हेर्न भ्याएछन् । अनि उनलाई खबर पठाए कि त्यो म्यासेजले उनको माथा गरम गराइदियो । उनले त्यसलाई हटाइदिए बेस हुने थियो । त्यतिञ्जेलसम्म उनको त्यो म्यासेज तीन जनाले मात्र हेर्न भ्याएका थिए । सन पत्रिकाका अनुसार त्यसपछि प्रति घण्टा ७ पाउण्डको जागीर खाइरहेका टमलाई उनको बोसले जागीरबाटै बर्खास्त गरिदिए । उनलाई जागीरबाट निकाल्नुमा 'उपयुक्त व्यवहार नगरिएको' आरोप लगाइएको थियो । "यति सानो कुरामा मलाई निकालियो कि त्यसको कुनै जवाफै छैन", टमले पछि पत्रिकासँग कुरा गर्दै भने- "त्यो दिन मलाई साँच्चिकै रिस उठेको थियो । दिनभर काम गरेको थिएँ र मलाई ज्यादै कम तलब दिइएको थियो । यस्तो हुँदा कस्लाई पो रिस नउठ्ला !""यस्तो अवस्थामा मैले फेसबुक भेट्टाएँ । गल्ती मेरै हो कि त्यो म्यासेजलाई मैले सबैले देखून् भन्ने चाहेँ । मेरो फस्ट्रेशन किन अरुले थाहा पाउनु पर्दथ्यो र !", उनले बताए- "म यस्तो स्थितिमा थिएँ कि मेरो रिस आफ्नै साथीलाई पनि पोख्न सक्ने थिइनँ । त्यसैले फेसबुक एउटा असल साथी बनेको थियो । तर त्यो पनि हानीकारक साथी बन्यो ।"अब टम अर्को तयारीमा जुटेका छन् र सबै साथीहरुलाई त्यो सूचनाका कारण आफूले आर्गोस्को जागीरबाट हात धुनु परेको कुरा लेख्ने छन् । यता आर्गोसका प्रवक्ताले पनि उनको जागीर खोसुवामा परेको स्वीकार गरेको छ । प्रवक्ताले भने- "टमले हाम्रो कम्पनीको बेइज्जत इन्टरनेटमार्फत् गरेको छ । यो हाम्रा लागि सह्य कुरा हुँदै होइन ।"इन्टरनेट साथी हुन्छ भन्ने सुनिएको त थियो, तर जागीर खोसुवा दुस्मन पनि बन्न सक्तोरहेछ !
2007-08-16

५५ वर्षपछि पेन्सिल निकालिँदा...


Sorce:
Parikrama- Kantipur TV
जर्मनीकी एक महिलाको टाउकोबाट हालै पेन्सिल निकालिएको जर्मन समाचार पत्रिका बाइल्डले सोमबार जनाएको छ । यी महिलालाई विगत ५५ वर्षदेखि टाउको दुख्ने र नाकबाट रगत बग्ने रोग थियो । तर यसको कारण चाहिँ ५५ वर्षघि उनको टाउकोमा घुसेको पेन्सिल थियो भन्ने हालै पत्ता लागेको छ ।मार्गरेट वेग्नर चार वर्षो उमेरदेखि पेन्सिल हातमा खेलाउने गरेकी थिइन् । "तर एक दिन खेलाइरहेको पेन्सिल टाउकोको छालामा घुस्यो । र, टाउकोमै बिलायो", वेग्नरले समाचारपत्रलाई भनिन् ।यो पेन्सिल उनको टाउकोको यस्तो क्लिष्ट मष्तिस्क छेउमा घुस्यो कि उनको समयमा यस्तो ठाउँको पेन्सिल अपरेशन गरेर निकाल्ने कुरा दुस्वप्न नै हुन्थ्यो । कसैले पनि अपरेशन गर्छु भनेर हिम्मत जुटाएनन् । तर अहिले प्रविधि यति बढेको छ कि यस्ता समस्यालाई तुरुन्तै समाधान गर्न सकिने भएको छ । यही प्रविधि उपयोग गरेर अहिले उनको टाउकोमा भएको पेन्सिल झिकिएको छ ।जर्मनीका प्रायः पेन्सिलहरु तीन इञ्च लामा हुन्छन् । उनको यो पेन्सिल बर्लिन शहरको एउटा निजी क्लिनिकमा अप्रेसन गरी निकालिएको थियो । तर यसको टुप्पो चाहिँ निकाल्न सकिएन ।पेन्सिल निकालिसकेपछि मार्गरेटले भनिन्- "जीवनबाट एउटा शूल निस्किएझैँ भएको छ ।"
2007-08-16

ग्ल्यामरः नेपाली सञ्चार माध्यमको द्वैध सोच

नेपाली सञ्चार माध्यममा 'ग्ल्यामर' विषयसूचि वा विषयवस्तुका रुपमा शुरु निकै अघिदेखि भएको हो । तर व्यवस्थित र व्यवसायिक रुपमा 'कामना' पत्रिकाले थालनी गर्‍यो । त्यसपछि ग्ल्यामर लिएर अनेकौँ पत्रपत्रिकाहरु आए । ग्ल्यामर नेपाली चलचित्र हुँदै नेपाली म्युजिक भिडियोसम्म आएको देख्छौँ । आज विदेशी पत्रपत्रिकाको नेपालमा आगमन र पछिल्लो समयमा आएर स्याटेलाइट टेलिभिजन भित्रिएपछि यसले नेपाली समाजमा चाँडै नै स्थान बनाउन सफल भयो । तर नेपाली समाज परम्परागत मूल्य, मान्यतामा आधारित भएकाले मानिसहरुले यसलाई खुलेर स्वीकार गरेको देखिन्न, जब कि व्यवहारमा ग्ल्यामरलाई सर्वसाधारणले प्रशस्त अङ्गीकार गरेको छ । यसलाई हामी नेपालीको 'डबल स्ट्यान्डर्ड' (Double Standard) अर्थात् द्वैध चरित्रको रुपमा लिन सक्छौँ ।
नेपाल पत्रिकाको बैशाख २, २०६४ अंकको पेज ५४ मा छपिएको मोडल हिमानी संवन्धी लेखनेपाली अधिकांश मिडियाहरु कुनै न कुनै रुपमा ग्ल्यामरमा आधारित छन् । जस्तो कान्तिपुर साप्ताहिक, कामना, मोडलिङ र फेशन सम्बन्धी अनेकन् नेपाली टेलिभिजन कार्यक्रमहरु अथवा फेशन टीभी, एमटीभी, च्यानल भी, ग्ल्यामर गीत र दृश्य भएका सिनेमाहरु आदिको लोकप्रियता ज्यादै देख्न सक्छौँ । त्यस्तै, राष्ट्रिय दैनिक अखबारहरु कान्तिपुर, समाचारपत्र, हिमालयन, अन्नपूर्ण, काठमान्डू पोष्टदेखि हिमाल खबरपत्रिका, नेपाल आदि पत्रपत्रिकाले पनि ग्ल्यामरलाई सर्वस्वीकार्य लेखनका रुपमा लिइरहेका छन् । ग्ल्यामर र सौन्दर्य प्रतियोगिता कति लोकप्रिय छन् भन्ने कुरा वार्षिक १४/१५ वटा ठूल्ठूला सौन्दर्य र ग्ल्यामर प्रतियोगिताको आयोजनबाट नै थाहा हुन्छ । यसरी मिडियाले अनेकौँ रुपमा ग्ल्यामरको उपयोग गर्दै आइरहेको छ । तर जब मिडियाबाट नै ग्ल्यामरको गलत परिभाषा हुन्छ, तब योसँग सम्बन्धित व्यवसायीहरुलाई ठूलो मर्का पर्छ । अरु पेशाजस्तै मोडलिङमा पनि केही खराबी हुनसक्छन्, त्यो समाजको हरेक पाटोमा देखिने कुरा हुन् । तर पत्रिकामा ग्ल्यामर लेखिँदा बढी बिकाउन सनसनीपूर्ण बनाउँदा यसको नकारात्मक प्रभाव पर्न जान्छ ।

नेपाल पत्रिकाको चैत ४, २०६३ अंकको पेज ५४ मा छपिएको मोडल स्म्रीती खड्का संवन्धी लेखएक समय यस्तो थियो, रङ्ग पत्रकारिता भनेको अरुलाई नङ्ग्याउने पत्रकारिता हो । यसको प्रभाव कस्तो रहृयो भने सिनेमामा सधैँ भरि असल परिवारबाट असल कलाकार बन्ने व्यक्ति देखिन छाडे । अहिले अशोक शर्मा, क्वेष्ट इन्टरटेन्मेन्ट, नवीन सुब्बाजस्ता 'जेनयून्' चलचित्रकर्मीहरु चाहेजस्तो कलाकारको अभावका कारण छटपटिइरहेका छन् । नकारात्मक टिप्पणीले मात्र उद्योग सुध्रिने थियो भने शायद नेपाली चलचित्र उद्योगबाट दर्जनौँ चलचित्रहरु कान चलचित्र महोत्सवमा सहभागी भइरहेका हुने थिए । आलोचनाले मात्र उद्योग बनिने भए आज चलचित्र उद्योगको यो दशा हुने थिएन । नकारात्मक लेख वा टिप्पणी वा समाचारले पहिलो आक्रमणको शिकार व्यवसायीहरु हुनु पर्दछ । कसैको चरित्र हत्या हुँदा उसलाई पारिवारिक र सामाजिक समस्यामा फँस्न पुग्छ । श्रीषा कार्की काण्ड यसको जीवित प्रमाण हो । जुनसुकै व्यवसायको चरित्र हत्या हुँदा त्यस व्यवसायप्रति मानिसको दृष्टिकोण परिवर्तन हुनसक्छ । र, योग्य व्यक्तिहरु यस क्षेत्रमा आउन गाह्रो हुन्छ । यसका कारण न त राम्रा र योग्य व्यक्ति अभिनेता बन्न आउँछ, न त राम्रो व्यक्ति मिस नेपालमा भाग लिन चाहन्छ न त राम्रो मोडल नै बन्न आउँछ । उद्योगका कतिपय कुराहरु साङ्लोझैँ बेरिएका हुन्छन् । ग्ल्यामर उद्योग नफस्टाइ र त्यसले सम्भावना नदेखाई क्षमतावान् व्यक्तिहरु आउँदैनन् र क्षमतावान् व्यक्तिहरु नआई उद्योग फस्टाउँदैन ।तसर्थ ग्ल्यामरको बारेमा नेपाली मिडियाको स्पष्ट सोच हुन ज्यादै जरुरी छ । कि त सबै किसिमका विदेशी मिडिया, सूचना प्रवाहलाई बन्द गरेर हाम्रो आधुनिकता र ग्ल्यामरलाई पनि बन्द गर्नुपर्छ कि त समाजले विस्तारै अँगाल्दै गरेका आधुनिक मूल्य, मान्यतालाई मिडियाले पनि साथ दिनु पर्छ । नत्र भने कोठे रिपोर्टिङका भरमा कुनै एउटा व्यक्तिलाई मनमा लागेको कोरा सोचले वृहद् आकारमा ठाउँ पाउनु हुँदैन ।
2007-08-16

वाईसीएल र क्रान्तिकारीका ४६ सशस्त्र पक्राउ

काठमाडौं, साउन २९
नेविसंघविरुद्ध मंगलबार हतियार सहित प्रतिकारमा उत्रिएको अखिल -क्रान्तिकारी) र वाईसीएलका ४६ कार्यकर्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
वाईसीएल र क्रान्तिकारीले कम्ब्याट पोसाकमा हतियारसहित राजधानीको बागबजारमा नेविसंघविरुद्ध प्रदर्शन गरेपछि प्रहरीले भीडबाट ती कार्यकर्तासहित वाईसीएल ले खिएका दुई सवारीसाधन, २८ थान खुकुरी, ६ थान फलामे रड र १ थान चुप्पी बरामद गरेको छ । एक कार्यकर्ताबाट २ सय ग्राम रक्तचन्दनसमेत बरामद भएको काठमाडौं प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनालले बताए ।
खनालका अनुसार प्रहरीले क्रान्तिकारी र वाईसीएल कार्यकर्तालाई प्रहरीले सुन्धारा, रत्नपार्क, घण्टाघर, सहिदगेट र बागबजारबाट पक्राउ गरेको हो । पक्राउ परेका कायर् कर्तालाई सिंहदरबार, जनसेवा, हनुमानढोका, दरबारमार्गमा राखिएको छ ।
प्रहरीका अनुसार केही प्रदर्शनकारीले हतियार कपडा र पत्रिकाले बेरेका थिए भने केहीले खुलमखुला देखाइरहेका थिए । नेविसंघले पुतलीसडक चोकमा सोमबार थापाथली क्याम्पसमा क्रान्तिकारीले गरेको कुटपिटको विरोधमा मंगलबार देशभरका क्याम्पसअगाडि चक्काजाम र नाराबाजी गर्ने कार्यक्रम राखेको थियो । नेविसंघ जुलुसको प्रतिकार गर्न काठमाडौं वाईसीएलका संयोजक ज्वालासहितको क्रान्तिकारी विद्यार्थी समूह ४ बजे पुतलीसडक पुगेको थियो ।
नेविसंघ निर्धारित समयमा पुतलीसडक चोकमा नआएपछि उनीहरू त्रिचन्द्र क्याम्पसतिर लागेका थिए ।
क्रान्तिकारी अर्कोतिर लागेपछि नेविसंघको सानो समूहले पुतलीसडकमा केहीबेर यातायात अवरुद्ध पारी वाईसीएलविरुद्ध नाराबाजी गरेको थियो । नाराबाजीपछि नेविसंघको समूह धोबीधारास्थित केन्द्रीय कार्यालय फर्केको थियो ।
त्यसलगत्तै त्रिचन्द्रतिर लागेको क्रान्तिकारी/वाईसीएल समूह फलामे डन्डी र काठ बोकेर नाराबाजी गर्दै नेविसंघकै कार्यालयतिर फर्केको थियो । क्रान्तिकारी/ वाईसीएलले पुतलीसडक चोकदेखि कमलादी मोडसम्मको सडक रोकेर नेविसंघको केन्द्रीय कार्यालय अघिल्तिर नाराबाजी गरेको थियो । नाराबाजी गरिरहेका प्रदर्शनकारी नेविसंघ केन्द्रीय कार्यालय प्रवेश गर्न लाग्दा त्यहाँ तैनाथ सुरक्षाकर्मीले बल प्रयोग गरेर फर्काएको थियो ।
त्यसपछि त्यो समूह नेविसंघविरुद्ध नाराबाजी गरी पुतलीसडक चोकमा फर्केको थियो । त्यहाँ क्रान्तिकारी क्याम्पस जिल्ला समितिका अध्यक्ष रञ्जित तामाङले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै नेविसंघलाई सडक, क्याम्पस, बाटामा नछाड्ने चेतावनी दिए ।
क्रान्तिकारी/वाईसीएलको जुलुसबाट प्रहरीले कम्ब्याट लगाएका र हतियार बोकेका प्रदर्शनकारीलाई रत्नपार्कमा पक्राउ गर्न थालेपछि उनीहरूबीच झडप भएको थियो । झडपमा तीन प्रहरी, बटुवा, स्कुले विद्यार्थी, वाईसीएल कार्यकर्ता र क्रान्तिकारी विद्यार्थीसमेत २० भन्दा बढी घाइते भएका छन् । आफ्ना घाइते कार्यकर्ता सम्पर्कमा आइनसकेको वाईसीएलले बताएको
छ । काठमाडौं प्रहरीले झडपमा घाइते हुने केही लुकेर उपचार गरिरहेको भन्दै साँझ राजधानीका आधा दर्जन अस्पतालमा खोजी गरेको थियो । अविरल वषर्ामा समेत क्रान्तिकारीको बागबजारस्थित केन्द्रीय कार्यालय नजिकै क्रान्तिकारी र वाईसीएलले ढुंगा, इँटा प्रहार गर्न थालेपछि प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको थियो । दिउँसो ४ बजेपछि बागबजार क्षेत्र पूरै तनावग्रस्त भएको थियो ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि बीचमा परेको वाईसीएल र क्रान्तिकारीको प्रदर्शन टोलीले रत्नपार्क ओभरहेड बि्रजमा जगेडा फोर्सका रूपमा रहेका प्रहरीको टोलीलाई रानीपोखरीस्थित प्रहरी आयुक्तको कार्यालयभित्र खेदेका थिए ।
क्रान्तिकारी/वाईसीएलको त्यो समूहले बाहिरबाट आयुक्त कार्यालयभित्र ढुंगा हानेका थिए । डीएसपी नारायण खडकाका अनुसार उनीहरूले हानेको इँटाले झ्यालका सिसा र दुइटा ट्रकको सिसासमेत फुटेका छन् ।
प्रहरी र क्रान्तिक्रारीको लगातारको झडपले तनाव भएपछि रत्नपार्कदेखि बागबजारको मूल सडकमा भागदौड भएको थियो । तनाव साँझ साढे ५ बजेमात्र मथ्थर भएको थियो ।
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी नेविसंघका केन्द्रीय नेता कुन्दन काफ्लेको नेतृत्वमा आएको भीडले केन्द्रीय कार्यालयको सिसा र ब्यानर तोडफोड गरेको, पद्मकन्या क्याम्पसमा क्रान्तिकारीको झन्डा जलाएको आरोप लगाए । उनले त्यसअघि बिहान नेविसंघले सरस्वती क्याम्पस इकाईका उपाध्यक्ष हरि पौडेल, कोषाध्यक्ष अजित राई,
सदस्य कृष्ण भट्टमाथि कुटपिट गरेको बताए ।
यसैबीच सोमबार थापाथली क्याम्पसबाट पक्राउ परेका क्रान्तिकारीका चार विद्यार्थी नेताविरुद्ध प्रहरीले काठमाडौं प्रशासनमा सार्वजनिक मुद्दा चलाएको छ । तर संगठनले उनीहरूलाई चौबीस घन्टाभित्र रिहा नगरे सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
संगठनले केन्द्रीय कार्यालय तोडफोडको छानबिनको माग राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। यसेबीच सोमबारको घटनालाई लिएर नेविसंघले आह्वान गरेको बन्दका कारण मंगलबार अधिकांश शिक्षण संस्था खुलेनन् । बन्द आह्वानकर्ताले भक्तपुरको ब्यासीस्थित प्रभात उच्च माविका पि्रन्सिपल, शिक्षक र कर्मचारीमाथि हातपातसमेत गरेका थिए । कक्षाकोठा, कम्प्युटर तोडफोडसमेत गरिएप्रति संस्थागत विद्यालय संघ -इसान) ले भत्र्सना गरेको छ ।
नेविसंघको आह्वानका कारण धादिङ, सल्यान, म्याग्दी, वीरगन्ज, संखुवासभा, दाङ, रसुवा र भोजपुर लगायत जिल्लाहरूमा मंगलबार शिक्षण संस्थाहरू बन्द रहे ।
दमकमा भएको विरोध प्रदर्शनमा नेविसंघका चार कार्यकर्ता प्रहरीको कुटाइबाट घाइते भएका छन् ।
गृहको आपत्ति
काठमाडौं- गृह मन्त्रालयले नेविसंघको विरोधमा अखिल -क्रान्तिकारी) र वाईसीएलले निकालेको जुलुसमा शान्ति सम्झौताविपरीत कम्ब्याट पोसाक लगाएका व्यक्तिहरू सहभागी भएकामा गृह मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गरी शान्ति सम्झौताविपरीत कम्ब्याट पोसाकमा सार्वजनिक स्थलमा उपस्थित हुने र जनतालाई आतंकित पार्ने खालका कुनै पनि गतिविधि नगर्न माओवादी र उसका भ्रातृ संगठनलाई स्मरण गराउँदै त्यस्ता गतिविधि सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

2007-08-16

Sunday, August 12, 2007

उच्च माविमा कलेज वा एकेडेमी लेख्ने होडबाजी [ 2064-4-27 ]

काठमाडौँ, साउन २६ गते । दस जोड दर्ुइको कक्षा सञ्चालन गर्ने स्वीकृति लिएका विद्यालयहरूले उच्च मावि नलेखीकन कलेज वा एकेडेमी लेख्ने क्रम बढ्दो छ । राजधानीमा मात्र ४० भन्दा बढी उच्च माविले कलेज लेख्ने गरेको उजुरी उच्च माध्यमिक शिक्षा परिषद्मा परेको छ ।त्यसैगरी एक ठाउँमा कक्षा सञ्चालन गर्न भनी अनुमति लिएर अर्को ठाउँमा कक्षा सञ्चालन गर्ने, स्वामित्व, स्थान र नाम परिर्वतन गर्ने क्रम पनि जारी छ । कक्षा ११ र १२ मात्र सञ्चालन गर्ने शैक्षिक संस्थाले नै कलेज लेख्ने साथै नाम, स्वामित्व र स्थान पनि परिवर्तन गर्ने गरेको परिषद्का अधिकारीहरू बताएका छन् । उच्च माविभन्दा कलेज वा एकेडेमी लेख्दा विद्यार्थीलाई बढी आकषिर्त गर्न सकिने भएकाले कलेज लेख्ने गरिएको कलेज सञ्चालकहरूको भनाइ छ । परिषद्का अनुसार छ वर्षघि ललितपुरको गोदावरीमा दस जोड दर्ुइ कक्षा सञ्चालन गर्ने गरी सम्बन्धन लिएको चिल्डे्रन प्याराडाइज उच्च माध्यमिक विद्यालयले डेढ वर्षेखि कुमारीपाटीमा कक्षा सञ्चालन गरेको छ । सो विद्यालयविरुद्ध ठाउँ परिवर्तन गरेर कक्षा सञ्चालन गर्ने गरेको उजुरी परिषद्मा परेको छ । हिमालयन हृवाइट हाउस कलेज, जेभियर्स उच्च माविले हालैको विद्यार्थी भर्नामा कलेज भनेर विद्यार्थीलाई भर्ना लिएको उजुरी परिषद्मा छ । त्यसैगरी राजधानी बोर्डिङ उच्च मावि सिग्मा कलेजले उच्च मावि नभनी कलेज भनेर शैक्षिक संस्था सञ्चालन गर्ने गरेका छन् । सहिद स्मारक उमावि ज्ञानेश्वरले योग्यता नपुगेका शिक्षक प्राचार्य र शिक्षकबाट अध्यापन गराइएको उजुरी पनि परिषद्मा परेको छ । क्यापिटल उच्च मावि, दी टाइम्स उमावि मेरिल्यान्ड पब्लिक, म्याट्रो कलेज, गोल्डेन गेट उमावि, क्यारिभियन उमावि र रेडन उमाविले उमावि नभनीकन कलेज भनेर शैक्षिक संस्था सञ्चालन गरेको र यस वर्षविद्यार्थी भर्ना लिँदा कलेज भनेर विज्ञापन गरेका छन् । त्यसैगरी बितेको एक वर्षा मात्र उच्च माध्यमिक विद्यालयको ठाउँसारीका लागि १२ वटा, स्वामित्व परिवर्तनका लागि ११ र नाम परिवर्तनका लागि तीनवटा निवेदन परिषद्मा परेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले भने उच्च मावि नलेखी कलेज लेख्ने गरेको उजुरी परिषद्मा परेको र परिषद्ले आफ्नै सक्रियतामा समेत त्यसको विवरण सङ्कलन गरिएको बताउँदै ती उमाविलाई सचेत गराइएको जनाएको छ । सचेत गराइएपछि पनि सुधार नगरे कारबाही गरिने परिषद्का उपाध्यक्ष प्रा.डा. उपेन्द्रप्रसाद कोइरालाले बताउनुभयो । चिल्डे्रन प्याराडाइज उमाविका प्रिन्सिपल बीएन शर्मा आफ्नो कलेज डेढ वर्षघि ललितपुरबाट कुमारीपाटीमा ठाउँसारी गरेको तर डेढ वर्षेखि नै जिल्ला शिक्षा समितिको बैठक बस्न नसकेका कारण ठाउँसारीका बारेमा परिषद्मा जानकारी गराउन नसकेको बताउनुहुन्छ । जेभियर्स कलेजका मेनेजिङ डाइरेक्टर लोकबहादुर भण्डारी उच्च माध्यमिक विद्यालयले दस जोड दर्ुइसँगै कलेजको पनि सम्बन्धन लिएर माथिल्लो तहको कक्षा सञ्चालन गर्ने गरेका कारण कलेज लेख्ने गरिएको तर उच्च मावि लेख्नुपर्ने परिषद्को आग्रहलाई आफूहरूले स्वीकार गरिसकेको बताउनुभयो । विगतमा दस जोड दर्ुइको कक्षा सञ्चालन गर्न स्वीकृति लिइएका कारण कलेज लेख्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । मेट्रो कलेजका प्रिन्सिपल विष्णुप्रसाद वस्थी आमविद्यार्थी र अभिभावकमा एसएलसीपछिको शिक्षा कलेज तहको नै हो भन्ने मानसिकता रहेको बेला दस जोड दर्ुइको शिक्षा उमावि नै सबैलाई जानकारी गराए कलेज लेख्नेले उमावि लेख्न सहज हुने बताउनुहुन्छ । निजी विद्यालयको विज्ञापनले विद्यार्थीलाई आकषिर्त गर्ने भएकाले पनि कलेज भनेर विज्ञापन आउने गरेको उहाँ स्वीकार गर्नुहुन्छ । परिषद्का सदस्यसचिव रामबहादुर खड्का उमावि भनेर सम्बन्धन दिएपछि कलेज लेख्न नपाइने कानुनी प्रावधान रहेको उल्लेख गर्दै कलेज लेख्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने महसुस गरी सचेत गराउन सुरु गरिएको र त्यसबाट पनि सुधार नगरिए कारबाही गरिने बताउनुभयो । कक्षा ११ र १२ सञ्चालन गर्ने दस जोड तहमा यो समस्या बढी भएको उहाँको भनाइ छ । उच्च माविहरू किनबेच हुने, व्यवस्थापनमा व्यक्ति थप हुने कम हुने भएकाले नयाँ ठाउँ र स्वामित्व परिवर्तन हुने गरेको उहाँ बताउनुहुन्छ ।
2007-08-13

नेपाली रोवोट मलेसियामा

कृष्ण कुसुम
"आफू त प्लस टु सक्नासाथ विदेशतिर लागिन्छ, नेपालमा पनि पढिरहन्छ कोही -" भन्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ यतिबेला । तर यहाँबाट इञ्जिनियरिङ पढ्न भनी विदेशिएका विद्यार्थीहरूलाई अहिले थाहा हुँदैछ कि- हामी कस्तुरीले आफ्नो नाभीमा रहेको सुगन्ध कहाँबाट आएको हो भन्ने थाहा नपाएर भौँतारिएको जस्तै रहेछ भन्ने कुरा ! बर्सर्ेे अध्ययन सकेर निस्किने प्राविधिकहरूको गुणस्तरको आधारमा छुट्याइने वरियताक्रममा नेपालको एकमात्र इञ्जिनियरिङ्ग अध्ययन संस्थानको केन्द्रीय क्याम्पस पुल्चोक हरेक साल एसियाली राष्ट्रहरूको इञ्जिनियरिङ संस्थानहरूमध्ये अग्रस्थानमा रहँदै आएको छ । सन् २००५ नोभेम्बरमा घोषणा गरिएको नतिजामा पनि यो क्याम्पस तेस्रो स्थान ओगट्न सफल रहेको छ । एसियाली राष्ट्रका इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई नयाँ प्रयोग र सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यले उनीहरूले बनाएका 'रोवोट' बीच प्रतिस्पर्धा गराउने 'एसिया प्यासिफिक ब्रोकास्टिङ युनियन रोवोकन' -ब्द्यग् च्इद्यइऋइल्) ले आयोजना गर्ने प्रतियोगितामा यस क्याम्पसका विद्यार्थीहरूले सन् २००१ देखि सहभागिता जनाउँदै आइरहेका छन् । सन् २००१ मा जापानमा भएको प्रतियोगितामा क्वाटर फाइनलमा पुगेर आफ्नो कार्यप्रति अझै हौसला थपिएको अनुभव गर्ने 'रमेश चौधरी यसपालि सन् २००६ सेप्टेम्बर १० का दिन मलेसियामा हुन गइरहेको प्रतियोगितामा सहभागिता जनाउन छनोट भएका प्रतिस्पर्धीहरूलाई प्रशिक्षण दिँदैछन् । यस वर्षो प्रतियोगिताको लागि यस क्याम्पसमा रहेको 'रोवोटिष्ट क्लवका' सदस्यहरू अहोरात्र खटिरहेका छन् । दिउँसो नियमित कक्षा पढ्ने र विहानबेलुकी निरन्तर काममा जुट्दै गरेका 'रोविटिष्ट क्लवका सदस्यहरू यतिबेला लगभग तयारीको अन्तिम चरणमा आइपुगेका छन् । हाल यस क्लवमा 'मेकानिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर' विभागका गरी जम्मा ११ जना छन् भने, प्रतियोगिताका लागि ३ र अन्य २ सहयोगी गरी जम्मा ५ जनाले सहभागिता जनाउँदैछन् । त्यस प्रतियोगिताको लागि चाहिने सहयोगको चाँजोपाँजो नेपाल टेलिभिजनले गर्दैछ । आफूले सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न नौलो प्रविधिको प्रयोगमा जुटेका क्लवका सदस्यहरूमध्येका टोली प्रमुख रमेश रानाभाट भन्नुहुन्छ "विज्ञान भनेको सीप र ज्ञानको सैद्धान्तिक खोज हो र प्रविधि भनेको विज्ञानले दिएका कुराहरू व्यवहारमा उतार्नु हो । हामी प्राविधिक भएका हिसाबले हरेक कुरालाई व्यवहारमा कसरी उतार्ने भन्ने कुरामा गम्भीर भएर लाग्नर्ुपर्छ असम्भव भन्ने केही रहेनछ ।" यसपल्टको प्रतियोगितामा हामीले विश्वकै अग्ला जुम्ल्याहा टावर बनाउने मोडेलको रोवोट तयार गरेका छौँ र प्रतियोगितामा खरो उत्रिने कुरामा विश्वस्त रहेका छौँ । हाम्रा लागि यो पनि ठूलै उपलब्धि हुनेछ भन्दै रानाभाट अगाडि थप्नुहुन्छ- "ज्ञान र सीपको सही सदुपयोग गर्दै लगनशील भएर लाग्ने हो भने अध्ययनकै लागि भनेर विदेशिनु पर्दैन, हाम्रा लागि आधारभूत सामग्री हामीसँगै छन् र सही दिशानिर्देश गर्न सक्ने बौद्धिकताका खानी गुरुहरू पनि हामीसँगै छन् ।"
2007-08-12

भोलिको आकाश विचित्र

सुरेन्द्र पौडेल(काठमाडौं)तारा झरेको बेला मनले केही कुरा मागे पूरा हुने विश्वास विश्वभर छ। यदि केही इच्छा पूरा भएको छैन, यसलाई गन्तव्य दिन चाहनुहुन्छ भने भोलि सोमबार बिहान तपाईंकै लागि सुनौलो अवसर बन्न सक्छ।
पानी परेजस्तै उल्कावषा
कहिलेकाहीँ आकाशमा तारा झरेको देख्ने नयनले भोलि बिहान ताराको वषा (उल्कापात) भएको देख्न सक्नेछ। खगोलविद्हरूका अनुसार यो वर्षो सबैभन्दा बढी उल्कावषा भोलि बिहान ३ बजे हुँदै छ।
पर्सियस तारापुञ्जतिरबाट उत्पन्न भएको जस्तो देखिने भएकाले यसलाई पर्सिड उल्कावषा पनि भनिन्छ।
ँझन्डै पानी परेजस्तै गरी तारा झरेको देखिनेछ आकाशमा’, खगोलविद् जयन्त आचार्य स्पष्ट पार्नुहुन्छ- ँहाम्रो समाजमा यसलाई तारा झरेको भने पनि खासमा ससाना आकाशीय पिण्ड झर्ने गर्छ। खगोलीय भाषामा यसलाई उल्कापात भनिन्छ।’
तारा झरेका बेला मनको इच्छा व्यक्त गरे पूरा हुने अन्धविश्वास विश्वभर रहेको जनाउँदै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ ऋषि शाह भन्नुहुन्छ- ँहाम्रो समाजमा मात्र होइन, सबैभन्दा आधुनिक मानिएको पश्चिमी समाजमा पनि यो विश्वास रहिआएको छ।’
धेरै तारा -पिण्ड) एकै पटक झरेको देख्दा मन आनन्दित त हुन्छ नै साथसाथै यसले रमाइलो वातावरण सिर्जना गर्ने खगोलविद्हरू बताउँछन्।
तारा झर्दा मागेको कुरा पूरा होला वा नहोला, तर झर्नुपछाडि भने बेग्लै वैज्ञानिक कारण रहेको छ। लामपुच्छ्रे तारा अन्तरिक्षमा परिक्रमा गर्ने क्रममा र्सूयको नजिक पुग्छ, अनि र्सूयको तापले गर्दा तारामा रहेका धूलोका कणहरू पृथ्वीतर्फझर्ने गर्छन्। यसैलाई नै तारा झरेको भन्दै आइएको धारणा खगोलविद् जयन्त आचार्यको छ।
पर्सिड उल्कावषर्ा सबैभन्दा बढी अगस्ट १० देखि १५ सम्म हुने गर्छ। अझ यसमा पनि अगस्ट १३ को बिहान ३ बजे सबैभन्दा बढी उल्कावषा हुने खगोलविद्हरू बताउँछन्। अगस्ट १३ का दिन प्रतिमिनेट दुइवटासम्म उल्कावषा हुने अनुमान गरिएको छ।
उल्कावषाहरूको गति प्रतिसेकेन्ड ६० किलोमिटरसम्म हुने भएकाले पृथ्वीभन्दा करिब ७० किलोमिटर माथि वायुमण्डलसँगको र्घष्ाणमा जलेर यस्तो दृश्य देखिने नास्टका प्राज्ञ शाह बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ- ँअत्यधिक उल्कावषा हुने अगस्ट १३ बिहानीमा नांगो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्छन्।’
सम्भावित दुघटनाबाट बच्न उल्कावषँ भएका बेला अन्तरिक्षमा कृत्रिम भू-उपग्रह तथा अन्तरिक्ष यान पठाइँदैन। पृथ्वीको सुरक्षाका निम्ति पनि उल्कावषाको अध्ययन गर्नु अत्यन्त जरुरी भएको धारणा खगोलविद्हरूको छ।

2007-08

Friday, August 10, 2007

त्यसो गरे कसो होला

उनी कहिल्यै अरुको भलो चाहँदैनन्, उनको खुराफाती दिमागमा कसरी आफ्नो स्वार्थपूर्ति गर्न सकिन्छ भन्ने सोच मात्र मडारिरहन्छ। त्यही सोचको मारमा परेका छन् मदनबहादुर अर्थात् मदनकृष्ण। आफू पीडित भएर पनि सबैको भलो चाहने पात्र मदनबहादुर जहिले पनि हरिबहादुरलाई सुधार्ने प्रयासमा लागेका हुन्छन्।
१२ वर्षको द्वन्द्वले नेपाली समाजलाई थिलथिलो पारिसकेको छ। यो अवधिबाट फाइदा उठाएर व्यक्तिगत स्वार्थपूर्ति गर्नेहरु हाम्रो समाजमा प्रशस्त छन्।
विद्यमान विसंगतिलाई हटाएर शान्तिको मार्ग पहिल्याउने प्रयासमा लाग्नेहरु पनि यही परिवेशमा पिल्सिरहेका छन्।
नेपाली समाजको यस्तै वास्तविक स्वरुपलाई उदांगो पार्ने उद्देश्यले मह सञ्चारको सहभागितामा निर्माण भएको टेलिचलचित्र मदनबहादुर हरिबहादुर केही समयदेखि प्रसारणमा आएको छ।

छलछाम र षड्यन्त्रको जालो बुनेर आफ्नै गाउँले दाजुभाइलाई घरबारविहीन बनाउने नकारात्मक भूमिकामा देखिएका छन् हरिबहादुर अर्थात् हरिवंश आचार्य। उनी कहिल्यै अरुको भलो चाहँदैनन्, उनको खुराफाती दिमागमा कसरी आफ्नो स्वार्थपूर्ति गर्न सकिन्छ भन्ने सोच मात्र मडारिरहन्छ। त्यही सोचको मारमा परेका छन् मदनबहादुर अर्थात् मदनकृष्ण। आफू पीडित भएर पनि सबैको भलो चाहने पात्र मदनबहादुर जहिले पनि हरिबहादुरलाई सुधार्ने प्रयासमा लागेका हुन्छन्।

सबैको सरसल्लाह र सहमतिमा काम गर्ने व्यक्तिको रुपमा आफूलाई चिनाउन हरिबहादुर पलपलमा भन्ने गर्छन् ँत्यसो गरे कसो होला -’ अत्यन्तै षड्यन्त्रकारी खलपात्र हरिबहादुरको व्यवहारबाट दिक्क भएर मदनबहादुर पनि बेलाबेलामा भन्छन्- ँधोका दिनेलाई के भनौं र खोइ तिमी हाँस मै बसुला रोइ।’ यी दुवै पात्रको थेगो अहिले सबैको मुखमा झुन्डिएको छ।

कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार बेलुकी प्रसारण हुने मदनबहादुर हरिबहादुरले द्वन्द्वकालको स्वरुपलाई मात्र चित्रण गरेको छैन, यसले निकट भविष्यमै हुने संविधानसभाको निर्वाचनको महत्वका विषयमा पनि जनमानसमा चेतना जगाउने काम गरेको छ।
आफ्नो प्रस्तुतिका बारेमा मह भन्छन्- ँविभिन्न खाले पात्रलाई चित्रण गरेर समाजमा सुधारको भावना जागृत गराउनु हाम्रो उद्देश्य हो।’ त्यसै गरी मह सञ्चारको व्यवस्थापनको जिम्मेवारी समाल्दै आएका कलाकार नरेन्द्र कंसाकार नितान्त ग्रामीण परिवेशलाई कथाको विषयवस्तु बनाएर जनज्रि्रोका सरल भाषा प्रयोग गरिएकाले पनि मदनबहादुर हरिबहादुर दर्शकमाझ चर्चित भएको दाबी गर्छन्।
2007-08

दुइ सातापछि शरणार्थी छानिने

काठमाडौं, (नेस)अमेरिकाले भुटानी शरणार्थीलाई तेस्रो देशमा लानेसम्बन्धी प्रक्रिया यही अगस्टको अन्तिम साताबाट शुरू गर्ने भएको छ।
करिब २० जना अमेरिकी र ६० जना नेपाली कर्मचारी राखेर छुट्टै कार्यालय सञ्चालनमा आउने जनाउँदै शरणार्थी हेर्ने एक उच्च अमेरिकी अधिकारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने- ँसुरक्षाको कारण जुलाईबाट काम हुन नसकेको हो।’
नेपाल सरकारले सशस्त्र प्रहरी बललाई शिविरमा खटाउने भनेको छ’, उनले भने- सशस्त्रको सुरक्षाप्रति हामी विश्वस्त छौं।’
उनले आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएस) लाई उद्धृत गर्दै शरणार्थीलाई अमेरिका लान कैयौं वर्षलाग्ने चर्चा भएकोमा भने त्यसलाई उनले पूण् रूपमा हाबादारी’ भनेका छन्।
काम छिट्टै हुन्छ’ -उनको भनाइ थियो। शरणार्थीको छनोट इच्छाका आधारमा हुने उनको भनाइ थियो।

मोडलिङमा रम्दै जेनिशा

सन् २००६ की मिस तामाङ जेनिशा मोक्तान हिजोआज मोडलिङ क्षेत्रलाई नै निरन्तरता दिइरहेकी छन्। उनी अझै चार वर्षसम्म यही क्षेत्रमा लागिपर्ने अठोट गर्छिन्।
उनी भन्छिन्- ँम मनोरञ्जन क्षेत्रमा लाग्छु भनेर आएकी होइन, काम गर्दा गर्दै यस क्षेत्रमा अनायासै आकर्षित भएँ। घर परिवारबाट पनि सहयोग र समर्थन पाएकाले मलाई धेरै सजिलो भयो।
१७ वर्षीया जेनिशा लाजिम्पाटस्थित मल्टी कलेजमा प्लस टु अध्ययन गर्दैछिन्।
आफूलाई म्युजिक भिडियोमा खेलेर नाम कमाउनु छैन, तर राम्रो प्रोजेक्ट आएको खण्डमा काम गर्ने उनी बताउँछिन्। पाँच फिट ६ इन्च अग्ली जेनिशा फुर्सदमा पौडी खेल्न र भ्रमण गर्न रुचाउँछिन्।


आफू राम्री भएकीले धेरै केटाहरुले प्रेम प्रस्ताव राखेको जेनिशा बताउँछिन्।
उनी भन्छिन्- ँहालसम्म ब्यायफ्रेन्ड बनाएकी छैन, बनाउनुपर्छ भन्ने पनि त छैन नि।
प्रेम प्रस्ताव त धेरै आउँछन् तर त्यसलाई स्वीकार गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
2007-08-10

परिषद्द्वारा वार्ता टोली गठन, बन्द फिर्ता

२५ श्रावण- काठमाडौं । सङ्घीय लिम्बुवान राज्य परिषद्ले सरकारसँग वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
परिषद्को केन्द्रीय समितिको झापाको विर्तामोडमा आज बसेको बैठकले सो समिति गठन गरेको हो । समितिको संयोजकमा परिषद्का महासचिव फागोहाङ वानेम तथा सदस्यद्वयमा जनक चेमजोङ र छवि सम्बाहाङ्फे रहनुभएको छ ।
साथै पर्यवेक्षकका रूपमा परिषद्का सचिव आकाश राई र केन्द्रीय सदस्य टेकबहादुर खेरसाङ्ग खजुमलाई चयन गरिएको छ । बैठकले चार दिनदेखि परिषद्दारा सञ्चालित बन्दलगायतका कार्यक्रम पनि हाललाई स्थगित गरेको परिषद्का केन्द्रीय सदस्य टेकबहादुर खेरसाङ्ग खजुमले बताउनुभयो ।
सङ्घीय लिम्बुवान राज्य परिषद् र खम्बुवान राष्ट्रिय मुक्तिमोर्चाले संयुक्त रूपमा साउन २२ देखि यातायात बन्दलगायतका विरोध कार्यक्रम सञ्चालन गर्दै आएको थियो । खम्बुवान राष्ट्रिय मुक्तिमोर्चाको बैठक भने अहिले जारी रहेको थाहाभएको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्री एवम् सरकारी वार्ता टोलीका संयोजक रामचन्द्र पौडेलले हिजो पत्र पठाई वार्ताका लागि गर्नुभएको आमन्त्रणलाई सकारात्मकरूपमा लिई वार्ता टोली गठन गरिएको परिषद्ले जनाएको छ ।
संविधानसभा निर्वाचनको मिति नजिकिंदै आएकोले वार्ता छिटै हुने सम्भावना रहेको पनि केन्द्रीय सदस्य खजुमले बताउनुभयो ।
2007-08-10

ट्रान्सफर स्टेसन खुलाउने क्रममा भिडन्त, डेढ दर्जन घाइते

ईश्वरराज ढकाल, (काठमाडौं)। टेकुस्थित ट्रान्सफर स्टेसनभित्र आफू बस्ने गरेको घरको लालपुर्जा माग गर्दै त्यहाँ कार्यरत मजदुरले ट्रान्सफर स्टेसन बन्द गरेपछि खुलाउने प्रयासमा मंगलबार भएको भिडन्तमा डेढ दर्जनभन्दा बढी घाइते भएका छन्।
फोहोर उठाउने मजदुर र प्रहरीबीच भिडन्त हुँदा प्रहरी र काठमाडौं महानगरपालिकाका आधा दर्जन कर्मचारी घाइते भएका छन्।
भिडन्तमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीसँग भएको सेल सकिँदासमेत करिब २ सय संख्यामा रहेका मजदुरले बोतल, ढुंगा र रड प्रहार गरेका थिए।
वार्ताबाट समस्या समाधान गर्न बारम्बार प्रयास गर्दासमेत फोहोर टिप्ने मजदुरले नमानेपछि गृह र स्थानीय विकास मन्त्रालयको आदेशपछि प्रहरीले बल प्रयोग गरेको थियो। महानगरीय प्रहरीवृत्त कालिमाटी र परिसर काठमाडौंबाट आएका करिब सय प्रहरीले साढे ७ बजे ट्रान्सफर स्टेसनको ताला फोडेका थिए।
भिडन्तमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा, विष्णुप्रसाद जोशी, महेश्वर राजभण्डारी, पूर्णचन्द्र भट्ट, नारायण दाहाल, सुनीता बस्नेत, पासाङ बमजनलगायत घाइते भएका छन्। घाइतेहरूको वीर अस्पतालमा उपचार भइरहेको छ भने केही सामान्य उपचारपछि घर फर्केका छन्।
प्रहरीमाथि ढुंगा प्रहार गर्ने करिब दुई दर्जनलाई पक्राउ गरिएको छ। प्रहरीको कुटपिटबाट केही घाइते भएका छन्। ढुंगा प्रहारबाट इमेज च्यानलका पत्रकार नरेन्द्र मानन्धर पनि घाइते भएका छन्।
ढुंगा प्रहारमा काठमाडौं महानगरपालिका वातावरण विभाग र ट्रान्सफर स्टेसनभित्र रहेका चार भवन र आधा दर्जन गाडी क्षतिग्रस्त भएका छन्।
'गृह मन्त्रालयले वार्ता गरी समस्या समाधान नहुँदा बल प्रयोग गरेर भए पनि फोहोर उठाउने आदेश दिएको कामपा संयन्त्रका माओवादी प्रतिनिधि सर्वोत्तम डंगोलले बताए
मजदुरहरू बसिरहेका २२ पक्की टहरा कामपाले भत्काएको छ। त्यहाँ करिब ३० परिवार बसोबास गरिरहेका थिए। राति १० बजेसम्म सामान बाहिर निकाली टहरा भत्काइएको थियो।
2007-08-10

Wednesday, August 8, 2007

बजेटमा उपेक्षित कृषि क्षेत्र

रामराज रेग्मी

राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ३९ प्रतिशत रहेको छ। कुल जनसंख्याको दुई तिहाइ जनताले कृषिलाई प्रमुख पेशाको रूपमा अपनाएका छन्। अन्तरिम संविधानमा खाद्य सम्प्रभुताको सवाललाई मौलिक हकको रूपमा उठाइएको छ। परन्तु यति धेरै महत्त्व बोकेको कृषि क्षेत्रलाई आर्थिक वर्ष २०६४/६५ को बजेटले अति उपेक्षा गरेको छ।

कृषिमा गत वर्षा भन्दा ४७ दशमलव प्रतिशत रकम थप गरेको भनिएको , तर शिक्षा, स्वास्थ, स्थानीय विकास, सुरक्षा महिला सशक्तीकरणको तुलनामा कृषिको निम्ति अति नै न्यून रकम छुट्याइएको छ। कृषि पनि शिक्षा स्वास्थ्यजस्तै देशका निम्ति आधारभूत आवश्यकताको क्षेत्र हो। बजेट भाषणकै दौरानमा स्वयम् अर्थमन्त्रीले, 'कृषि ग्रामीण पूर्वाधारः अर्थतन्त्रको आधार' भन्ने नारा अघि सारेका छन्, तर अर्थमन्त्रीले संविधानको मर्म आफैंले दिएको नाराविपरीत काम गरेको देखिन्छ।

शिक्षामा २८ अर्ब ३९ करोड, महिला सशक्तीकरणमा १९ अर्ब करोड स्वास्थमा १२ अर्ब १८ करोड छुट्याइँदा सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने कृषि क्षेत्रको निम्ति केवल अर्ब ८२ करोड रकम छुट्याइएको छ। देशको निम्ति अत्यधिक राजस्व बुझाउने जनसंख्याको ठूलो हिस्सा पाल्ने राष्ट्रको मेरुदण्डलाई सहुलियत दिने कुरामा कञ्जुस्याइँ गरिएको छ। जुन किसानले लोकतन्त्रका निम्ति रगतपसिना बगाए आज तिनकै बलमा सत्तामा पुगेको सरकार गुनभुट्टा बनेको छ।

अर्थमन्त्रीले एकातिर अति न्यून रकम कृषिको निम्ति छुट्याएका छन् भने अर्कोतिर त्यही रकमबाट उन्नत प्रविधि बीउ-बिजन कृषि कर्जा उपलब्ध गराउने, उत्पादकत्वमा वृद्धि गराउन अनुसन्धनात्मक कार्यमा जोड दिने, लोप हुन थालेका बालीको संरक्षण गर्न जिन बैंकको स्थापना गर्ने, उखु तथा चिनी बोर्ड गठन गर्ने, कृषि बजारको व्यवस्था मिलाउने, ग्रामीण सडक सिंचाइको प्रबन्ध गर्ने, चिया, कफी आदिको विस्तार गर्ने, रासायनिक मल ट्युबवेल निर्माणमा अनुदान दिने, कृषि कर्जामा ब्याज मिनाहा दिनेजस्ता थुप्रै सपना बाँडेका छन्। यो भनेको द्वैध चरित्र हो।

कृषि क्षेत्र सरकारको लगानी योजनाबाट मात्र होइन, उत्पादकत्व वृद्धि गर्ने सवालमा पनि उपेक्षित देखिएको छ। हाम्रोजस्तो कृषियोग्य जमिन न्यून भएको देशमा थोरै जग्गाबाट धेरै उत्पादन लिन किसानलाई प्रोत्साहित गर्नुपर्दछ कृषिमा उत्पादकत्व कसरी वृद्धि गर्ने भन्ने उद्देश्यका साथ योजना केन्द्रित गर्नुपर्दछ। उत्पादन बढाउन प्रयोग गरिने रासायनिक मलका कलकारखाना देशमा छैनन् विदेशबाट ढाड सेक्ने मूल्यमा मल आयात गर्नुपर्ने बाध्यता छ।

यही कारणले गितका सरकारले दुर्गम जिल्लाका किसानका निम्ति मल ढुवानीमा अनुदान सहयोग दिँदै आएका हुन्। तर आब २०६२/६३ मा ती जिल्लामा दिइँदै आएको १३ करोड अनुदानलाई घटाएर आव २०६३/६४ मा सरकारले करोड कायम गर्ने काम गर्यो जसबाट किसान हतोत्साही भएका छन्। अहिलेको बजेटमा मल ढुवानीमा अनुदान दिने भनिएको , तर अनुदानको मात्रा कति हो ? गत वर्षमा घटाइएको रकमकै निरन्तरता हो कि त्यसमा वृद्धि हो, स्पष्ट छैन।

सामान्यतया देशको कृषि अर्थतन्त्र जिवीकोन्मुखी छ। जबसम्म किसानले बजारका निम्ति उत्पादन गर्दैनन् तबसम्म उनीहरूको आर्थिक स्तर उन्नत हुन सक्दैन देशले पनि आर्थिक विकासमा फड्को मार्न सक्दैन। कृषिको व्यावसायीकरण उन्नत बीउ-बिजनसँग मात्र होइन, बजारसँग पनि जोडिएको हुन्छ। दशौं योजनाले कृषि सडकलाई दोस्रो प्राथमिकतामा राखेको छ। तर ग्रामीण सडक परियोजनामा बजेट खर्चिन थालेदेखि कृषि सडकको निर्माण ओझेलमा पर्न गएको छ।

यस पटकको बजेट भाषणमा अर्थमन्त्रीले ग्रामीण सडक कृषि सडक दुवै निर्माण गर्ने कुरा उठाएका छन्। तर ग्रामीण सडक सम्बन्धमा सय किलोमिटर कच्ची बनाउने, सय ८० किमि ग्राभेल गर्ने सय किमिको स्तर वृद्धि गर्ने विस्तृत खाका प्रस्तुत गरिरहेका बखत कृषि सडकको कुनै प्रकारको खाका पेस गरेका छैनन्। बजेटबारे प्रतिक्रिया व्यक्त गर्दै पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी भन्छन्, 'बजेटले ८० प्रतिशत जनता निर्भर एवम् कुल गार्हस्थ्य उत्पादनमा मुख्य योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा गरेको छ।'

वास्तवमा लोकतन्त्रका निम्ति संघर्षरत माओवादीसमेतका आठ दलले सरकार सञ्चालन गरेको वर्तमान घडीमा प्रस्तुत बजेट परिवर्तनकारी सोचको रूपमा प्रस्तुत हुने अपेक्षा जनताले गरेका थिए। अर्थमन्त्रीले पनि सबै मन्त्रालय दलहरूसँग सरसल्लाह गरी बजेट तयार पारेको जानकारी गराएका छन्। तर बजेटको प्रकृति देख्दा कांग्रेसइतर नेताहरूको त्यसप्रतिको आलोचना सुन्दा जनताको मनमा आशंका पैदा भएको छ। माओवादी नेता डा. बाबुराम भट्टराई बजेट बहुमतीय सरकारको अवधारणाअनुसार नेपाली कांग्रेसले मनोमानी ढंगबाट ल्याएको आरोप लगाउँछन्।

कृषि क्षेत्रको सवालमा बजेट भाषण गरेको भोलिपल्ट प्रकाशित नेपाल समाचारपत्रको अघिल्लो पृष्ठमा मन्त्रालयले मागेजतिकै बजेट दिइएको समाचार प्रकाशन भएको छ। कृषि तथा सहकारी मन्त्रालयका एक उच्च अधिकारीले मन्त्रालयले मागे जत्तिकै बजेट आएकोमा खुसी व्यक्त गरेको कुरा त्यहाँ उल्लेख छ। यदि वास्तविकता यही हो भने भन्नुपर्दछ- कृषि मन्त्रालय किसानको हितविपरीत काम गरिरहेछ। यसर्थ किसानका संघसस्थाले यसविरुद्ध दरिलो आवाज उठाउनु जरुरी छ। जसले अभिभावकत्व ग्रहण गरिरहेछ, उसैबाट बेइमानी हुनु ! योभन्दा ठूलो घात अरू हुन सक्दैन।

निश्चय नै अहिलेको सरकार छोटो समयको लागि हो यसको प्रमुख जिम्मेवारी संविधानसभाको निर्वाचन गराउनु हो। यद्यपि छोटो अवधिमा पनि जनताको हितमा सरकारले थुप्रै काम गर्न सक्छ। यदि संविधानसभामा राजतन्त्रलाई बिदा दिने हो भने वर्तमान सरकारको नीति सामन्तवादको जरा काट्ने हुनुपर्छ किनकि राजतन्त्रको नाभी सामन्तवादसँगै गाँसिएको छ। ग्रामीण तहमा सामन्तवादलाई कमजोर बनाउने औजार क्रान्तिकारी भूमिसुधार हो, जुन अहिलेको अन्तरिम कालमा सम्पन्न गर्न सकिन्न। तर भूमिसुधारका पूर्वाधार भने तयार गर्न सकिन्छ।

बजेटमा यस कुराको उल्लेख , तर त्यसलाई कार्यान्वयन गर्ने सवालमा मौनता साँधिएको छ। अहिले गर्न सकिने काम भनेका बिर्ताप्रथा नष्ट गर्ने, गुठी प्रथालाई उन्मूलन गर्ने, अलपत्र अवस्थामा रहेका कमैयाको बसोबासको व्यवस्था गर्ने, आदिवासी जनजातिले आवाद गर्दै आएका भूमि दर्ता गरिदिने, अनुपस्थित जमिन्दारका जग्गाको लगत खडा गरी जसले जमिन जोत्दैन उसलाई बेदखल गर्ने आदि काम हुन्।

विडम्बनाको कुरा २०२१ सालले हटाइसकेको बिर्ता प्रथा अझ नष्ट भएको छैन। बाबुबाजेले बिर्ता पाएका कागजपत्रका आधारमा पर्ती जग्गा व्यक्तिका नाममा दर्ता गर्ने चलन जारी , जुन नष्ट नगरी हुँदैन। लामो समयदेखि गुठी जग्गामा बसोबास गर्दै आएका मोही किसानको हक कायम नभई ती घर घाटको अवस्थामा रहेका छन्। गुठी जग्गा कमोद गर्दै आएका किसानको जग्गामा तिनको हक-अधिकार कायम गराउनुपर्दछ। त्यस्तै चेपाङजस्ता आदिवासी जनजातिले पुर्खाका पालादेखि भोग चलन गर्दै आएका जमिन दर्ता हुन सकेका छैनन्। तिनलाई भूमिमा हकभोग कायम गरी लालपुर्जा उपलब्ध गराउनुपर्दछ।

शेरबहादुर देउवाको पालामा अमलेख भएका हजारौं कमैया त्यत्तिकै अलपत्र अवस्थामा छन्। हातमा लालपुर्जा भए पनि तिनमा उल्लेख भएका जग्गा कोही अर्काको जग्गाभित्र, कोही बाटामा, कोही बगरमा कोही मन्दिर परिसरभित्र परेकाले मुक्त कमैयाले दुःख पाएका छन्। तिनलाई व्यवस्थित रूपले बसोबास नगराई भएको छैन। अहिले संविधानसभाको निर्वाचन पूर्व सरकारको तर्फाट गर्न सकिने काम यस्तै हुन्। हुन बजेटमा मुक्त कमैयाको पुनर्स्थापनलाई निरन्तरता दिने भनिएको छ। तर यो कुरा ठोस ढंगबाट नआई हचुवाको भरमा आएको छ।

अहिले व्यवस्थापिका संसद्मा बजेटबारे ताप राप उत्पन्न हुने गरी छलफल प्रारम्भ भएको छ। तर बहुदलीय व्यवस्थामा यदि सरकारले प्रस्तुत गरेको बजेट ँफेल खान्छ भने त्यो सरकारप्रतिको अविश्वास हुन्छ यस्तो परिस्थितिमा सरकार सत्ताबाट हट्नुपर्दछ।

यस दुर्घटनाबाट जोगाउन प्रायः छलफलमा औपचारिकता पूरा गरी बजेट जस्तो पेस गरिएको त्यही रूपमा पारित गर्ने परम्परा छ। यस्तो परम्परा अवैज्ञानिक भएकाले यसको अन्त्य गरी आएका सुझाव रायसल्लाहको आधारमा संशोधन गर्दै बजेट पारित गर्ने व्यवस्था कायम गरिनुपर्दछ।

2007-08-07