काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Friday, August 10, 2007

दुइ सातापछि शरणार्थी छानिने

काठमाडौं, (नेस)अमेरिकाले भुटानी शरणार्थीलाई तेस्रो देशमा लानेसम्बन्धी प्रक्रिया यही अगस्टको अन्तिम साताबाट शुरू गर्ने भएको छ।
करिब २० जना अमेरिकी र ६० जना नेपाली कर्मचारी राखेर छुट्टै कार्यालय सञ्चालनमा आउने जनाउँदै शरणार्थी हेर्ने एक उच्च अमेरिकी अधिकारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने- ँसुरक्षाको कारण जुलाईबाट काम हुन नसकेको हो।’
नेपाल सरकारले सशस्त्र प्रहरी बललाई शिविरमा खटाउने भनेको छ’, उनले भने- सशस्त्रको सुरक्षाप्रति हामी विश्वस्त छौं।’
उनले आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएस) लाई उद्धृत गर्दै शरणार्थीलाई अमेरिका लान कैयौं वर्षलाग्ने चर्चा भएकोमा भने त्यसलाई उनले पूण् रूपमा हाबादारी’ भनेका छन्।
काम छिट्टै हुन्छ’ -उनको भनाइ थियो। शरणार्थीको छनोट इच्छाका आधारमा हुने उनको भनाइ थियो।

No comments: