काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Friday, August 10, 2007

परिषद्द्वारा वार्ता टोली गठन, बन्द फिर्ता

२५ श्रावण- काठमाडौं । सङ्घीय लिम्बुवान राज्य परिषद्ले सरकारसँग वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
परिषद्को केन्द्रीय समितिको झापाको विर्तामोडमा आज बसेको बैठकले सो समिति गठन गरेको हो । समितिको संयोजकमा परिषद्का महासचिव फागोहाङ वानेम तथा सदस्यद्वयमा जनक चेमजोङ र छवि सम्बाहाङ्फे रहनुभएको छ ।
साथै पर्यवेक्षकका रूपमा परिषद्का सचिव आकाश राई र केन्द्रीय सदस्य टेकबहादुर खेरसाङ्ग खजुमलाई चयन गरिएको छ । बैठकले चार दिनदेखि परिषद्दारा सञ्चालित बन्दलगायतका कार्यक्रम पनि हाललाई स्थगित गरेको परिषद्का केन्द्रीय सदस्य टेकबहादुर खेरसाङ्ग खजुमले बताउनुभयो ।
सङ्घीय लिम्बुवान राज्य परिषद् र खम्बुवान राष्ट्रिय मुक्तिमोर्चाले संयुक्त रूपमा साउन २२ देखि यातायात बन्दलगायतका विरोध कार्यक्रम सञ्चालन गर्दै आएको थियो । खम्बुवान राष्ट्रिय मुक्तिमोर्चाको बैठक भने अहिले जारी रहेको थाहाभएको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्री एवम् सरकारी वार्ता टोलीका संयोजक रामचन्द्र पौडेलले हिजो पत्र पठाई वार्ताका लागि गर्नुभएको आमन्त्रणलाई सकारात्मकरूपमा लिई वार्ता टोली गठन गरिएको परिषद्ले जनाएको छ ।
संविधानसभा निर्वाचनको मिति नजिकिंदै आएकोले वार्ता छिटै हुने सम्भावना रहेको पनि केन्द्रीय सदस्य खजुमले बताउनुभयो ।
2007-08-10

No comments: