काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Wednesday, August 8, 2007

थापाथली क्याम्पसबाट नक्कली हातहतियार बरामद

काठमाडौं, (नेस)अनेरास्ववियु (क्रान्तिकारी)ले क्याम्पसभित्रै हातहतियार राखेको आशंकामा थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रहरीले सोमबार छापा मार्दा पाँच थान नक्कली एसएमजी दुइ दर्जन रड फेला पारेको छ।

नेविसंघको उजुरीपछि सोमबार साँझ करिब बजे महानगरीय प्रहरीप्रभाग अनामनगरले छापा मार्दा क्याम्पसभित्र रहेको क्रान्तिकारीको सर्म्पर्क कार्यालयबाट हातहतियार बरामद गरेको थियो।

बाँस काठले बनेको नक्कली एसएमजी रड बरामद गरेको बताउँदै प्रहरीप्रभाग अनामनगरका प्रहरीनिरीक्षक दीपेन्द्र जिसीले नेपाल समाचारपत्रसँग भने- घटनाका बारेमा छानबिन गरिरहेका छौं।

सांस्कृतिक टोलीको सामग्री राखेको बताउँदै अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले क्याम्पसमा नेविसंघले राजनीतिक वातावरण बिगार्न खोजेको आरोप लगाएका छन्।
2007-08-07

No comments: