काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Wednesday, August 8, 2007

माओवादी सरकारबाट नहट्ने

संविधानसभामा जानुअघि गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने पूवर्सत
ेशभरिका अगुवा कार्यकर्ता प्रतिनिधिको रूपमा सहभागी भएको विस्तारित बैठकका सुझावहरूलाई केन्द्रीय कमिटीले ग्रहण गरेपछि अनुमोदित प्रतिवेदनले केन्द्रीय कमिटीलाई अझ जुझारु र गतिशील भएर अगाडि बढ्न निर्देश गरेको जानकारी मध्यकमान्ड इन्चार्ज अनन्तले गराउनुभएको छ। अध्यक्ष प्रचण्डले हिजो जबाफ दिनमै सात घण्टा खर्चिनुभएको थियो। ४२ वटा समूहले प्रस्तुत गरेका धारणालाई बुँदागत रूपमा जबाफ दिएपछि प्रतिनिधिहरूले अस्पष्ट भएका विषयमा पुनः प्रश्न गरेका थिए। बैठकका सहभागीका अनुसार केन्द्रीय नेतृत्वले पुनः स्पष्ट पारेको थियो। केही प्रतिनिधिबाट पार्टी सरकार छोड्नुपर्छ भन्ने दबाब दिएपछि विस्तारित बैठकले सरकारबाट नहट्ने निर्णयगरेको छ। मध्यकमान्ड इन्चार्ज अनन्तले सरकारबाट हट्ने होइन, तर जुन ढंगले एकदलीय संस्कारमा चलाइएको छ, त्यो संस्कारको अन्त्य हुनुपर्छ भन्ने निष्कर्षबैठकको रहेको बताउनुभएको छ। संविधानसभा निर्वाचन माओवादीको प्रमुख नारा र त्यसमा जोड हो तर संविधानसभा निर्वाचन गर्ने वातावरणका लागि गणतन्त्रको सुनिश्चितता र समानुपातिक निवर्ँचनप्रणाली अवलम्बन गर्नुपर्छ भन्ने बैठकको निष्कर्षरहेको जानकारी अनन्तले गराउनुभएको छ। बैठकपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै अनन्तले माओवादीको विस्तारित बैठकले गरेको निर्णयकार्यान्वयन नभए आठ दलीय गठबन्धन र सरकारमा रहने नरहनेबारेमा पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिनुभयो। संसद्, सरकार दुवैलाई संविधानसभाप्रति केन्द्रित गर्ने तर संविधानसभा सम्पन्न गर्न पूवर्सतका रूपमा गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने कुरा बैठकले अगाडि सारेको छ। प्रतिनिधिहरूले संविधानसभा निर्वाचन हुन्छ हुँदैन, सरकारमा बसेर कतिन्जेल लडिरहनेजस्ता प्रश्न गरेको बैठकस्रोतले बताएको छ। गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचन प्रणाली नअपनाएमा बृहत् गणतान्त्रिक मोर्चा बनाउन पहल गर्ने र शान्तिपूण् आन्दोलन गर्ने कुरा र्सवसम्मत रूपमा पारित राजनीतिक प्रतिवेदनमा उल्लेख भएको बताइएको छ। गणतन्त्रको घोषणा र समानुपातिक निवँचन प्रणालीको पूवर्सत कार्यान्वयन नभएमा त्यसपछि के गर्ने भन्ने निर्णयगर्ने अधिकार भने बैठकले केन्द्रीय कमिटीलाई दिएको थाहा भएको छ। विस्तारित बैठकले बृहत् गणतान्त्रिक मोर्चाका लागि विशेष पहल गर्नुपर्ने र वामहरू खास गरी माओवादी र एमालेबीच चुनावमा सहकार्य हुनुपर्ने कुरामा जोड दिएको बताइएको छ। त्यससम्बन्धमा अध्यक्ष प्रचण्डले जबाफ दिने क्रममा गणतान्त्रिक मोर्चाका लागि एमालेको सहमति रहेको स्पष्ट पार्नुभएको थियो। राजनीतिक प्रतिवेदन पारित भएपछि विस्तारित बैठकको मूल काम सकिएको छ। संशोधनसहितको सो प्रतिवेदनको निष्कर्षनै पार्टी आगामी कार्यनीति हुनेछ। विस्तारित बैठक आज समापन हुने बताइएको छ।
2007-08-08

No comments: