काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Friday, August 10, 2007

मोडलिङमा रम्दै जेनिशा

सन् २००६ की मिस तामाङ जेनिशा मोक्तान हिजोआज मोडलिङ क्षेत्रलाई नै निरन्तरता दिइरहेकी छन्। उनी अझै चार वर्षसम्म यही क्षेत्रमा लागिपर्ने अठोट गर्छिन्।
उनी भन्छिन्- ँम मनोरञ्जन क्षेत्रमा लाग्छु भनेर आएकी होइन, काम गर्दा गर्दै यस क्षेत्रमा अनायासै आकर्षित भएँ। घर परिवारबाट पनि सहयोग र समर्थन पाएकाले मलाई धेरै सजिलो भयो।
१७ वर्षीया जेनिशा लाजिम्पाटस्थित मल्टी कलेजमा प्लस टु अध्ययन गर्दैछिन्।
आफूलाई म्युजिक भिडियोमा खेलेर नाम कमाउनु छैन, तर राम्रो प्रोजेक्ट आएको खण्डमा काम गर्ने उनी बताउँछिन्। पाँच फिट ६ इन्च अग्ली जेनिशा फुर्सदमा पौडी खेल्न र भ्रमण गर्न रुचाउँछिन्।


आफू राम्री भएकीले धेरै केटाहरुले प्रेम प्रस्ताव राखेको जेनिशा बताउँछिन्।
उनी भन्छिन्- ँहालसम्म ब्यायफ्रेन्ड बनाएकी छैन, बनाउनुपर्छ भन्ने पनि त छैन नि।
प्रेम प्रस्ताव त धेरै आउँछन् तर त्यसलाई स्वीकार गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
2007-08-10

No comments: