काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Friday, August 10, 2007

ट्रान्सफर स्टेसन खुलाउने क्रममा भिडन्त, डेढ दर्जन घाइते

ईश्वरराज ढकाल, (काठमाडौं)। टेकुस्थित ट्रान्सफर स्टेसनभित्र आफू बस्ने गरेको घरको लालपुर्जा माग गर्दै त्यहाँ कार्यरत मजदुरले ट्रान्सफर स्टेसन बन्द गरेपछि खुलाउने प्रयासमा मंगलबार भएको भिडन्तमा डेढ दर्जनभन्दा बढी घाइते भएका छन्।
फोहोर उठाउने मजदुर र प्रहरीबीच भिडन्त हुँदा प्रहरी र काठमाडौं महानगरपालिकाका आधा दर्जन कर्मचारी घाइते भएका छन्।
भिडन्तमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीसँग भएको सेल सकिँदासमेत करिब २ सय संख्यामा रहेका मजदुरले बोतल, ढुंगा र रड प्रहार गरेका थिए।
वार्ताबाट समस्या समाधान गर्न बारम्बार प्रयास गर्दासमेत फोहोर टिप्ने मजदुरले नमानेपछि गृह र स्थानीय विकास मन्त्रालयको आदेशपछि प्रहरीले बल प्रयोग गरेको थियो। महानगरीय प्रहरीवृत्त कालिमाटी र परिसर काठमाडौंबाट आएका करिब सय प्रहरीले साढे ७ बजे ट्रान्सफर स्टेसनको ताला फोडेका थिए।
भिडन्तमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा, विष्णुप्रसाद जोशी, महेश्वर राजभण्डारी, पूर्णचन्द्र भट्ट, नारायण दाहाल, सुनीता बस्नेत, पासाङ बमजनलगायत घाइते भएका छन्। घाइतेहरूको वीर अस्पतालमा उपचार भइरहेको छ भने केही सामान्य उपचारपछि घर फर्केका छन्।
प्रहरीमाथि ढुंगा प्रहार गर्ने करिब दुई दर्जनलाई पक्राउ गरिएको छ। प्रहरीको कुटपिटबाट केही घाइते भएका छन्। ढुंगा प्रहारबाट इमेज च्यानलका पत्रकार नरेन्द्र मानन्धर पनि घाइते भएका छन्।
ढुंगा प्रहारमा काठमाडौं महानगरपालिका वातावरण विभाग र ट्रान्सफर स्टेसनभित्र रहेका चार भवन र आधा दर्जन गाडी क्षतिग्रस्त भएका छन्।
'गृह मन्त्रालयले वार्ता गरी समस्या समाधान नहुँदा बल प्रयोग गरेर भए पनि फोहोर उठाउने आदेश दिएको कामपा संयन्त्रका माओवादी प्रतिनिधि सर्वोत्तम डंगोलले बताए
मजदुरहरू बसिरहेका २२ पक्की टहरा कामपाले भत्काएको छ। त्यहाँ करिब ३० परिवार बसोबास गरिरहेका थिए। राति १० बजेसम्म सामान बाहिर निकाली टहरा भत्काइएको थियो।
2007-08-10

No comments: