काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Friday, August 10, 2007

त्यसो गरे कसो होला

उनी कहिल्यै अरुको भलो चाहँदैनन्, उनको खुराफाती दिमागमा कसरी आफ्नो स्वार्थपूर्ति गर्न सकिन्छ भन्ने सोच मात्र मडारिरहन्छ। त्यही सोचको मारमा परेका छन् मदनबहादुर अर्थात् मदनकृष्ण। आफू पीडित भएर पनि सबैको भलो चाहने पात्र मदनबहादुर जहिले पनि हरिबहादुरलाई सुधार्ने प्रयासमा लागेका हुन्छन्।
१२ वर्षको द्वन्द्वले नेपाली समाजलाई थिलथिलो पारिसकेको छ। यो अवधिबाट फाइदा उठाएर व्यक्तिगत स्वार्थपूर्ति गर्नेहरु हाम्रो समाजमा प्रशस्त छन्।
विद्यमान विसंगतिलाई हटाएर शान्तिको मार्ग पहिल्याउने प्रयासमा लाग्नेहरु पनि यही परिवेशमा पिल्सिरहेका छन्।
नेपाली समाजको यस्तै वास्तविक स्वरुपलाई उदांगो पार्ने उद्देश्यले मह सञ्चारको सहभागितामा निर्माण भएको टेलिचलचित्र मदनबहादुर हरिबहादुर केही समयदेखि प्रसारणमा आएको छ।

छलछाम र षड्यन्त्रको जालो बुनेर आफ्नै गाउँले दाजुभाइलाई घरबारविहीन बनाउने नकारात्मक भूमिकामा देखिएका छन् हरिबहादुर अर्थात् हरिवंश आचार्य। उनी कहिल्यै अरुको भलो चाहँदैनन्, उनको खुराफाती दिमागमा कसरी आफ्नो स्वार्थपूर्ति गर्न सकिन्छ भन्ने सोच मात्र मडारिरहन्छ। त्यही सोचको मारमा परेका छन् मदनबहादुर अर्थात् मदनकृष्ण। आफू पीडित भएर पनि सबैको भलो चाहने पात्र मदनबहादुर जहिले पनि हरिबहादुरलाई सुधार्ने प्रयासमा लागेका हुन्छन्।

सबैको सरसल्लाह र सहमतिमा काम गर्ने व्यक्तिको रुपमा आफूलाई चिनाउन हरिबहादुर पलपलमा भन्ने गर्छन् ँत्यसो गरे कसो होला -’ अत्यन्तै षड्यन्त्रकारी खलपात्र हरिबहादुरको व्यवहारबाट दिक्क भएर मदनबहादुर पनि बेलाबेलामा भन्छन्- ँधोका दिनेलाई के भनौं र खोइ तिमी हाँस मै बसुला रोइ।’ यी दुवै पात्रको थेगो अहिले सबैको मुखमा झुन्डिएको छ।

कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार बेलुकी प्रसारण हुने मदनबहादुर हरिबहादुरले द्वन्द्वकालको स्वरुपलाई मात्र चित्रण गरेको छैन, यसले निकट भविष्यमै हुने संविधानसभाको निर्वाचनको महत्वका विषयमा पनि जनमानसमा चेतना जगाउने काम गरेको छ।
आफ्नो प्रस्तुतिका बारेमा मह भन्छन्- ँविभिन्न खाले पात्रलाई चित्रण गरेर समाजमा सुधारको भावना जागृत गराउनु हाम्रो उद्देश्य हो।’ त्यसै गरी मह सञ्चारको व्यवस्थापनको जिम्मेवारी समाल्दै आएका कलाकार नरेन्द्र कंसाकार नितान्त ग्रामीण परिवेशलाई कथाको विषयवस्तु बनाएर जनज्रि्रोका सरल भाषा प्रयोग गरिएकाले पनि मदनबहादुर हरिबहादुर दर्शकमाझ चर्चित भएको दाबी गर्छन्।
2007-08

No comments: