काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Wednesday, August 8, 2007

उच्च मावि सञ्चालन गर्न आठ लाख चन्दा

भक्तपुर, (नेस) भक्तपुरको दोस्रो पुरानो विद्यालयको रूपमा रहेको बोडे उच्च माविलाई मध्यपुर थिमी नगरक्षेत्रकै पहिलो सामुदायिक उच्च माध्यमिक विद्यालय बनाउनका लागि स्थानीय बासिन्दाहरूले सहयोग संकलन घरदैलो कार्यक्रमबाट लाख ३७ हजार रुपियाँ चन्दा संकलन गरेका छन्।

बोडे माविले यसै वर्षेखि बोडे उच्च माविको रूपमा उच्च माध्यमिक शिक्षापरिषद्बाट सम्बन्धन प्राप्त गरिसकेको छ।

यसै वर्षेखि सो उच्च माविमा मानविकी, व्यवस्थापन शिक्षा संकायमा कक्षा ११ को पढाइ शुरू गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु खड्काले नेपाल समाचारपत्रलाई बताउनुभयो।

मध्यपुर थिमी नगरपालिकाबाट रू. लाख तथा बाँकी रकम शिक्षक, व्यवस्थापन समितिका सदस्य, विद्यालयका पँवविद्यार्थी घरदैलो कार्यक्रमबाट संकलन भएको उच्च माविका प्राचार्य धु्रवलाल श्रेष्ठले बताउनुभयो।

सो उच्च माविले विशेष गरी थिमी, बोडे, चपाचो, नगदेश, दुवाकोटलगायत काठमाडौंका मँलपानी गोठाटार गाविसका विद्यार्थीलाई समेत सुविधा पुग्ने बताइएको छ।

2007-08-07

No comments: