काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Sunday, August 12, 2007

नेपाली रोवोट मलेसियामा

कृष्ण कुसुम
"आफू त प्लस टु सक्नासाथ विदेशतिर लागिन्छ, नेपालमा पनि पढिरहन्छ कोही -" भन्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ यतिबेला । तर यहाँबाट इञ्जिनियरिङ पढ्न भनी विदेशिएका विद्यार्थीहरूलाई अहिले थाहा हुँदैछ कि- हामी कस्तुरीले आफ्नो नाभीमा रहेको सुगन्ध कहाँबाट आएको हो भन्ने थाहा नपाएर भौँतारिएको जस्तै रहेछ भन्ने कुरा ! बर्सर्ेे अध्ययन सकेर निस्किने प्राविधिकहरूको गुणस्तरको आधारमा छुट्याइने वरियताक्रममा नेपालको एकमात्र इञ्जिनियरिङ्ग अध्ययन संस्थानको केन्द्रीय क्याम्पस पुल्चोक हरेक साल एसियाली राष्ट्रहरूको इञ्जिनियरिङ संस्थानहरूमध्ये अग्रस्थानमा रहँदै आएको छ । सन् २००५ नोभेम्बरमा घोषणा गरिएको नतिजामा पनि यो क्याम्पस तेस्रो स्थान ओगट्न सफल रहेको छ । एसियाली राष्ट्रका इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई नयाँ प्रयोग र सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यले उनीहरूले बनाएका 'रोवोट' बीच प्रतिस्पर्धा गराउने 'एसिया प्यासिफिक ब्रोकास्टिङ युनियन रोवोकन' -ब्द्यग् च्इद्यइऋइल्) ले आयोजना गर्ने प्रतियोगितामा यस क्याम्पसका विद्यार्थीहरूले सन् २००१ देखि सहभागिता जनाउँदै आइरहेका छन् । सन् २००१ मा जापानमा भएको प्रतियोगितामा क्वाटर फाइनलमा पुगेर आफ्नो कार्यप्रति अझै हौसला थपिएको अनुभव गर्ने 'रमेश चौधरी यसपालि सन् २००६ सेप्टेम्बर १० का दिन मलेसियामा हुन गइरहेको प्रतियोगितामा सहभागिता जनाउन छनोट भएका प्रतिस्पर्धीहरूलाई प्रशिक्षण दिँदैछन् । यस वर्षो प्रतियोगिताको लागि यस क्याम्पसमा रहेको 'रोवोटिष्ट क्लवका' सदस्यहरू अहोरात्र खटिरहेका छन् । दिउँसो नियमित कक्षा पढ्ने र विहानबेलुकी निरन्तर काममा जुट्दै गरेका 'रोविटिष्ट क्लवका सदस्यहरू यतिबेला लगभग तयारीको अन्तिम चरणमा आइपुगेका छन् । हाल यस क्लवमा 'मेकानिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर' विभागका गरी जम्मा ११ जना छन् भने, प्रतियोगिताका लागि ३ र अन्य २ सहयोगी गरी जम्मा ५ जनाले सहभागिता जनाउँदैछन् । त्यस प्रतियोगिताको लागि चाहिने सहयोगको चाँजोपाँजो नेपाल टेलिभिजनले गर्दैछ । आफूले सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न नौलो प्रविधिको प्रयोगमा जुटेका क्लवका सदस्यहरूमध्येका टोली प्रमुख रमेश रानाभाट भन्नुहुन्छ "विज्ञान भनेको सीप र ज्ञानको सैद्धान्तिक खोज हो र प्रविधि भनेको विज्ञानले दिएका कुराहरू व्यवहारमा उतार्नु हो । हामी प्राविधिक भएका हिसाबले हरेक कुरालाई व्यवहारमा कसरी उतार्ने भन्ने कुरामा गम्भीर भएर लाग्नर्ुपर्छ असम्भव भन्ने केही रहेनछ ।" यसपल्टको प्रतियोगितामा हामीले विश्वकै अग्ला जुम्ल्याहा टावर बनाउने मोडेलको रोवोट तयार गरेका छौँ र प्रतियोगितामा खरो उत्रिने कुरामा विश्वस्त रहेका छौँ । हाम्रा लागि यो पनि ठूलै उपलब्धि हुनेछ भन्दै रानाभाट अगाडि थप्नुहुन्छ- "ज्ञान र सीपको सही सदुपयोग गर्दै लगनशील भएर लाग्ने हो भने अध्ययनकै लागि भनेर विदेशिनु पर्दैन, हाम्रा लागि आधारभूत सामग्री हामीसँगै छन् र सही दिशानिर्देश गर्न सक्ने बौद्धिकताका खानी गुरुहरू पनि हामीसँगै छन् ।"
2007-08-12

No comments: