
Sorce:
Parikrama- Kantipur TV
जर्मनीकी एक महिलाको टाउकोबाट हालै पेन्सिल निकालिएको जर्मन समाचार पत्रिका बाइल्डले सोमबार जनाएको छ । यी महिलालाई विगत ५५ वर्षदेखि टाउको दुख्ने र नाकबाट रगत बग्ने रोग थियो । तर यसको कारण चाहिँ ५५ वर्षघि उनको टाउकोमा घुसेको पेन्सिल थियो भन्ने हालै पत्ता लागेको छ ।मार्गरेट वेग्नर चार वर्षो उमेरदेखि पेन्सिल हातमा खेलाउने गरेकी थिइन् । "तर एक दिन खेलाइरहेको पेन्सिल टाउकोको छालामा घुस्यो । र, टाउकोमै बिलायो", वेग्नरले समाचारपत्रलाई भनिन् ।यो पेन्सिल उनको टाउकोको यस्तो क्लिष्ट मष्तिस्क छेउमा घुस्यो कि उनको समयमा यस्तो ठाउँको पेन्सिल अपरेशन गरेर निकाल्ने कुरा दुस्वप्न नै हुन्थ्यो । कसैले पनि अपरेशन गर्छु भनेर हिम्मत जुटाएनन् । तर अहिले प्रविधि यति बढेको छ कि यस्ता समस्यालाई तुरुन्तै समाधान गर्न सकिने भएको छ । यही प्रविधि उपयोग गरेर अहिले उनको टाउकोमा भएको पेन्सिल झिकिएको छ ।जर्मनीका प्रायः पेन्सिलहरु तीन इञ्च लामा हुन्छन् । उनको यो पेन्सिल बर्लिन शहरको एउटा निजी क्लिनिकमा अप्रेसन गरी निकालिएको थियो । तर यसको टुप्पो चाहिँ निकाल्न सकिएन ।पेन्सिल निकालिसकेपछि मार्गरेटले भनिन्- "जीवनबाट एउटा शूल निस्किएझैँ भएको छ ।"
2007-08-16
No comments:
Post a Comment