काठमाडौं को समय

अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Sunday, August 12, 2007

उच्च माविमा कलेज वा एकेडेमी लेख्ने होडबाजी [ 2064-4-27 ]

काठमाडौँ, साउन २६ गते । दस जोड दर्ुइको कक्षा सञ्चालन गर्ने स्वीकृति लिएका विद्यालयहरूले उच्च मावि नलेखीकन कलेज वा एकेडेमी लेख्ने क्रम बढ्दो छ । राजधानीमा मात्र ४० भन्दा बढी उच्च माविले कलेज लेख्ने गरेको उजुरी उच्च माध्यमिक शिक्षा परिषद्मा परेको छ ।त्यसैगरी एक ठाउँमा कक्षा सञ्चालन गर्न भनी अनुमति लिएर अर्को ठाउँमा कक्षा सञ्चालन गर्ने, स्वामित्व, स्थान र नाम परिर्वतन गर्ने क्रम पनि जारी छ । कक्षा ११ र १२ मात्र सञ्चालन गर्ने शैक्षिक संस्थाले नै कलेज लेख्ने साथै नाम, स्वामित्व र स्थान पनि परिवर्तन गर्ने गरेको परिषद्का अधिकारीहरू बताएका छन् । उच्च माविभन्दा कलेज वा एकेडेमी लेख्दा विद्यार्थीलाई बढी आकषिर्त गर्न सकिने भएकाले कलेज लेख्ने गरिएको कलेज सञ्चालकहरूको भनाइ छ । परिषद्का अनुसार छ वर्षघि ललितपुरको गोदावरीमा दस जोड दर्ुइ कक्षा सञ्चालन गर्ने गरी सम्बन्धन लिएको चिल्डे्रन प्याराडाइज उच्च माध्यमिक विद्यालयले डेढ वर्षेखि कुमारीपाटीमा कक्षा सञ्चालन गरेको छ । सो विद्यालयविरुद्ध ठाउँ परिवर्तन गरेर कक्षा सञ्चालन गर्ने गरेको उजुरी परिषद्मा परेको छ । हिमालयन हृवाइट हाउस कलेज, जेभियर्स उच्च माविले हालैको विद्यार्थी भर्नामा कलेज भनेर विद्यार्थीलाई भर्ना लिएको उजुरी परिषद्मा छ । त्यसैगरी राजधानी बोर्डिङ उच्च मावि सिग्मा कलेजले उच्च मावि नभनी कलेज भनेर शैक्षिक संस्था सञ्चालन गर्ने गरेका छन् । सहिद स्मारक उमावि ज्ञानेश्वरले योग्यता नपुगेका शिक्षक प्राचार्य र शिक्षकबाट अध्यापन गराइएको उजुरी पनि परिषद्मा परेको छ । क्यापिटल उच्च मावि, दी टाइम्स उमावि मेरिल्यान्ड पब्लिक, म्याट्रो कलेज, गोल्डेन गेट उमावि, क्यारिभियन उमावि र रेडन उमाविले उमावि नभनीकन कलेज भनेर शैक्षिक संस्था सञ्चालन गरेको र यस वर्षविद्यार्थी भर्ना लिँदा कलेज भनेर विज्ञापन गरेका छन् । त्यसैगरी बितेको एक वर्षा मात्र उच्च माध्यमिक विद्यालयको ठाउँसारीका लागि १२ वटा, स्वामित्व परिवर्तनका लागि ११ र नाम परिवर्तनका लागि तीनवटा निवेदन परिषद्मा परेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले भने उच्च मावि नलेखी कलेज लेख्ने गरेको उजुरी परिषद्मा परेको र परिषद्ले आफ्नै सक्रियतामा समेत त्यसको विवरण सङ्कलन गरिएको बताउँदै ती उमाविलाई सचेत गराइएको जनाएको छ । सचेत गराइएपछि पनि सुधार नगरे कारबाही गरिने परिषद्का उपाध्यक्ष प्रा.डा. उपेन्द्रप्रसाद कोइरालाले बताउनुभयो । चिल्डे्रन प्याराडाइज उमाविका प्रिन्सिपल बीएन शर्मा आफ्नो कलेज डेढ वर्षघि ललितपुरबाट कुमारीपाटीमा ठाउँसारी गरेको तर डेढ वर्षेखि नै जिल्ला शिक्षा समितिको बैठक बस्न नसकेका कारण ठाउँसारीका बारेमा परिषद्मा जानकारी गराउन नसकेको बताउनुहुन्छ । जेभियर्स कलेजका मेनेजिङ डाइरेक्टर लोकबहादुर भण्डारी उच्च माध्यमिक विद्यालयले दस जोड दर्ुइसँगै कलेजको पनि सम्बन्धन लिएर माथिल्लो तहको कक्षा सञ्चालन गर्ने गरेका कारण कलेज लेख्ने गरिएको तर उच्च मावि लेख्नुपर्ने परिषद्को आग्रहलाई आफूहरूले स्वीकार गरिसकेको बताउनुभयो । विगतमा दस जोड दर्ुइको कक्षा सञ्चालन गर्न स्वीकृति लिइएका कारण कलेज लेख्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । मेट्रो कलेजका प्रिन्सिपल विष्णुप्रसाद वस्थी आमविद्यार्थी र अभिभावकमा एसएलसीपछिको शिक्षा कलेज तहको नै हो भन्ने मानसिकता रहेको बेला दस जोड दर्ुइको शिक्षा उमावि नै सबैलाई जानकारी गराए कलेज लेख्नेले उमावि लेख्न सहज हुने बताउनुहुन्छ । निजी विद्यालयको विज्ञापनले विद्यार्थीलाई आकषिर्त गर्ने भएकाले पनि कलेज भनेर विज्ञापन आउने गरेको उहाँ स्वीकार गर्नुहुन्छ । परिषद्का सदस्यसचिव रामबहादुर खड्का उमावि भनेर सम्बन्धन दिएपछि कलेज लेख्न नपाइने कानुनी प्रावधान रहेको उल्लेख गर्दै कलेज लेख्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने महसुस गरी सचेत गराउन सुरु गरिएको र त्यसबाट पनि सुधार नगरिए कारबाही गरिने बताउनुभयो । कक्षा ११ र १२ सञ्चालन गर्ने दस जोड तहमा यो समस्या बढी भएको उहाँको भनाइ छ । उच्च माविहरू किनबेच हुने, व्यवस्थापनमा व्यक्ति थप हुने कम हुने भएकाले नयाँ ठाउँ र स्वामित्व परिवर्तन हुने गरेको उहाँ बताउनुहुन्छ ।
2007-08-13

No comments: