काठमाडौं, साउन २९ 
नेविसंघविरुद्ध मंगलबार हतियार सहित प्रतिकारमा उत्रिएको अखिल -क्रान्तिकारी) र वाईसीएलका ४६ कार्यकर्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
वाईसीएल र क्रान्तिकारीले कम्ब्याट पोसाकमा हतियारसहित राजधानीको बागबजारमा नेविसंघविरुद्ध प्रदर्शन गरेपछि प्रहरीले भीडबाट ती कार्यकर्तासहित वाईसीएल ले खिएका दुई सवारीसाधन, २८ थान खुकुरी, ६ थान फलामे रड र १ थान चुप्पी बरामद गरेको छ । एक कार्यकर्ताबाट २ सय ग्राम रक्तचन्दनसमेत बरामद भएको काठमाडौं प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनालले बताए ।
खनालका अनुसार प्रहरीले क्रान्तिकारी र वाईसीएल कार्यकर्तालाई प्रहरीले सुन्धारा, रत्नपार्क, घण्टाघर, सहिदगेट र बागबजारबाट पक्राउ गरेको हो । पक्राउ परेका कायर् कर्तालाई सिंहदरबार, जनसेवा, हनुमानढोका, दरबारमार्गमा राखिएको छ ।
प्रहरीका अनुसार केही प्रदर्शनकारीले हतियार कपडा र पत्रिकाले बेरेका थिए भने केहीले खुलमखुला देखाइरहेका थिए । नेविसंघले पुतलीसडक चोकमा सोमबार थापाथली क्याम्पसमा क्रान्तिकारीले गरेको कुटपिटको विरोधमा मंगलबार देशभरका क्याम्पसअगाडि चक्काजाम र नाराबाजी गर्ने कार्यक्रम राखेको थियो । नेविसंघ जुलुसको प्रतिकार गर्न काठमाडौं वाईसीएलका संयोजक ज्वालासहितको क्रान्तिकारी विद्यार्थी समूह ४ बजे पुतलीसडक पुगेको थियो ।
नेविसंघ निर्धारित समयमा पुतलीसडक चोकमा नआएपछि उनीहरू त्रिचन्द्र क्याम्पसतिर लागेका थिए ।
क्रान्तिकारी अर्कोतिर लागेपछि नेविसंघको सानो समूहले पुतलीसडकमा केहीबेर यातायात अवरुद्ध पारी वाईसीएलविरुद्ध नाराबाजी गरेको थियो । नाराबाजीपछि नेविसंघको समूह धोबीधारास्थित केन्द्रीय कार्यालय फर्केको थियो ।
त्यसलगत्तै त्रिचन्द्रतिर लागेको क्रान्तिकारी/वाईसीएल समूह फलामे डन्डी र काठ बोकेर नाराबाजी गर्दै नेविसंघकै कार्यालयतिर फर्केको थियो । क्रान्तिकारी/ वाईसीएलले पुतलीसडक चोकदेखि कमलादी मोडसम्मको सडक रोकेर नेविसंघको केन्द्रीय कार्यालय अघिल्तिर नाराबाजी गरेको थियो । नाराबाजी गरिरहेका प्रदर्शनकारी नेविसंघ केन्द्रीय कार्यालय प्रवेश गर्न लाग्दा त्यहाँ तैनाथ सुरक्षाकर्मीले बल प्रयोग गरेर फर्काएको थियो ।
त्यसपछि त्यो समूह नेविसंघविरुद्ध नाराबाजी गरी पुतलीसडक चोकमा फर्केको थियो । त्यहाँ क्रान्तिकारी क्याम्पस जिल्ला समितिका अध्यक्ष रञ्जित तामाङले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै नेविसंघलाई सडक, क्याम्पस, बाटामा नछाड्ने चेतावनी दिए ।
क्रान्तिकारी/वाईसीएलको जुलुसबाट प्रहरीले कम्ब्याट लगाएका र हतियार बोकेका प्रदर्शनकारीलाई रत्नपार्कमा पक्राउ गर्न थालेपछि उनीहरूबीच झडप भएको थियो । झडपमा तीन प्रहरी, बटुवा, स्कुले विद्यार्थी, वाईसीएल कार्यकर्ता र क्रान्तिकारी विद्यार्थीसमेत २० भन्दा बढी घाइते भएका छन् । आफ्ना घाइते कार्यकर्ता सम्पर्कमा आइनसकेको वाईसीएलले बताएको
छ । काठमाडौं प्रहरीले झडपमा घाइते हुने केही लुकेर उपचार गरिरहेको भन्दै साँझ राजधानीका आधा दर्जन अस्पतालमा खोजी गरेको थियो । अविरल वषर्ामा समेत क्रान्तिकारीको बागबजारस्थित केन्द्रीय कार्यालय नजिकै क्रान्तिकारी र वाईसीएलले ढुंगा, इँटा प्रहार गर्न थालेपछि प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको थियो । दिउँसो ४ बजेपछि बागबजार क्षेत्र पूरै तनावग्रस्त भएको थियो ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि बीचमा परेको वाईसीएल र क्रान्तिकारीको प्रदर्शन टोलीले रत्नपार्क ओभरहेड बि्रजमा जगेडा फोर्सका रूपमा रहेका प्रहरीको टोलीलाई रानीपोखरीस्थित प्रहरी आयुक्तको कार्यालयभित्र खेदेका थिए ।
क्रान्तिकारी/वाईसीएलको त्यो समूहले बाहिरबाट आयुक्त कार्यालयभित्र ढुंगा हानेका थिए । डीएसपी नारायण खडकाका अनुसार उनीहरूले हानेको इँटाले झ्यालका सिसा र दुइटा ट्रकको सिसासमेत फुटेका छन् ।
प्रहरी र क्रान्तिक्रारीको लगातारको झडपले तनाव भएपछि रत्नपार्कदेखि बागबजारको मूल सडकमा भागदौड भएको थियो । तनाव साँझ साढे ५ बजेमात्र मथ्थर भएको थियो ।
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी नेविसंघका केन्द्रीय नेता कुन्दन काफ्लेको नेतृत्वमा आएको भीडले केन्द्रीय कार्यालयको सिसा र ब्यानर तोडफोड गरेको, पद्मकन्या क्याम्पसमा क्रान्तिकारीको झन्डा जलाएको आरोप लगाए । उनले त्यसअघि बिहान नेविसंघले सरस्वती क्याम्पस इकाईका उपाध्यक्ष हरि पौडेल, कोषाध्यक्ष अजित राई,
सदस्य कृष्ण भट्टमाथि कुटपिट गरेको बताए ।
यसैबीच सोमबार थापाथली क्याम्पसबाट पक्राउ परेका क्रान्तिकारीका चार विद्यार्थी नेताविरुद्ध प्रहरीले काठमाडौं प्रशासनमा सार्वजनिक मुद्दा चलाएको छ । तर संगठनले उनीहरूलाई चौबीस घन्टाभित्र रिहा नगरे सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
संगठनले केन्द्रीय कार्यालय तोडफोडको छानबिनको माग राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। यसेबीच सोमबारको घटनालाई लिएर नेविसंघले आह्वान गरेको बन्दका कारण मंगलबार अधिकांश शिक्षण संस्था खुलेनन् । बन्द आह्वानकर्ताले भक्तपुरको ब्यासीस्थित प्रभात उच्च माविका पि्रन्सिपल, शिक्षक र कर्मचारीमाथि हातपातसमेत गरेका थिए । कक्षाकोठा, कम्प्युटर तोडफोडसमेत गरिएप्रति संस्थागत विद्यालय संघ -इसान) ले भत्र्सना गरेको छ ।
नेविसंघको आह्वानका कारण धादिङ, सल्यान, म्याग्दी, वीरगन्ज, संखुवासभा, दाङ, रसुवा र भोजपुर लगायत जिल्लाहरूमा मंगलबार शिक्षण संस्थाहरू बन्द रहे ।
दमकमा भएको विरोध प्रदर्शनमा नेविसंघका चार कार्यकर्ता प्रहरीको कुटाइबाट घाइते भएका छन् ।
गृहको आपत्तिकाठमाडौं- गृह मन्त्रालयले नेविसंघको विरोधमा अखिल -क्रान्तिकारी) र वाईसीएलले निकालेको जुलुसमा शान्ति सम्झौताविपरीत कम्ब्याट पोसाक लगाएका व्यक्तिहरू सहभागी भएकामा गृह मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गरी शान्ति सम्झौताविपरीत कम्ब्याट पोसाकमा सार्वजनिक स्थलमा उपस्थित हुने र जनतालाई आतंकित पार्ने खालका कुनै पनि गतिविधि नगर्न माओवादी र उसका भ्रातृ संगठनलाई स्मरण गराउँदै त्यस्ता गतिविधि सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।